आगोले जलेकी सानी गौरिकलाको उपचार हुने भयो यस्तो दयनिय अवस्था देखेर भावुक बनिन निकिता (भिडियो सहित)

इनेप्लिज २०७९ माघ ८ गते १६:३५ मा प्रकाशित

आगोले शरीरको तल्लो भाग पुरै जलेर उपचारको अभाबमा कष्टकर जीवन बिताईरहेकी जाजरकोटकि गोरिकला चदारा नानुको लागि केही सपोर्ट होस भन्ने हेतुले रबि लामिछाने फाउन्डेसन लगायत देश बिदेश बाट आर्थिक सहयोग गर्नुहुने मनका धनी नेपाली दाजुभाइ दिदी बहिनीहरुले गरेको सहयोग रकम ५ लाख ८ हजार ९ सय ६७ रुपैया आज रबि लामिछाने फाउन्डेसनको अफिसमा हामीले नानुका अभिभावक लाई हस्तान्तरण गरेका छौ ।

यो हस्तान्तरण गरेको रकमको सहि सदुपयोग होस र नानुको भबिस्यको लागि उनको शिक्षा दिक्षामा प्रयोग होस भनेर नेपाल बैकमा नानुकै नाममा भोलि नै मुद्दती खाता खोलेर राखिदिने निर्णय पनि गरेका छौ।नानुको माया लागेर नेपाल बैंकका म्यानेजर आदरणीय द्वारिका सरले पनि अफिसमै आएर ९ हजार रुपैया नानुको बुवालाई दिनु भएको छ। नानुको लागि रबि लामिछाने फाउन्डेसनले २५ हजर नगद सहित एक जोर न्यानो कपडा पनि उपलब्ध गराएको छ।

यो अभियानमा मलाइ बिस्वास गरि म मार्फत जोडिएर नानुलाइ सहयोग गर्नु हुने सहयोगी दाताहरुलाइ फेरिपनि धन्यवाद दिन चाहन्छु ! नानुको भिडियो फेसबुकमा राखी देश दुनियामार्फत पुर्याउनु हुने जाजरकोटका फोटो पत्रकार अर्पण रावल ज्युलाइ पनि विशेष धन्यवाद दिन चाहन्छु! नानुको उपचार केही दिनपछी सुरु हुँदै छ! उनको उपचार राम्रो सङ्ग होस! मानबताको नाताले तपाईं हामीले गरेको सानो सहयोगले उनको भबिस्य राम्रो बनोस ।

प्रतिक्रिया