‘महानगरले सबै भाषा र संस्कृतिको संरक्षण गर्छ’

इनेप्लिज २०७९ माघ ८ गते १४:४४ मा प्रकाशित

विराटनगर,८ माघ । विराटनगर महानगरपालिकाका प्रमखु नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षण गर्ने बताउनु भएको छ।

प्रमुख कोइरालाले नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरद्वारा ‘सोनाम ल्होसार पर्व’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा विराटनगरभित्र रहेका सबै जातजातिका भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने प्रतिबद्धता व्यक्त्त गर्नु भएको छ।

उहाँले मिश्रित जाति र धर्म समुदायको बसोबास भएका कारण विराटनगर संस्कृतिमा धनी रहेको उल्लेख गर्दै एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको उल्लेख गर्नु भयो । प्रमुख कोइरालाले अवसरमा तामाङ समुदायबाट खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने युकेश योञ्जन, लाक्पा मुक्तान तामाङ, कुमारी तामाङ र श्रेया योञ्जनलाई सम्मान गर्नु भएको थियो ।

विष्णुकुमारी तामाङ, तामाङ खेदुङ समिति प्रदेशका अध्यक्ष रेखबहादुर घिसिङ, विराटनगर समितिका पूर्वअध्यक्ष ध्रुव तामाङ, कृष्ण तामाङ, किरात राई याख्या चुम्वा नगर समिति अध्यक्ष नारायण याक्सो, साहित्यकार शोभा लामा बल लगायतले भाषा र संस्कृतिको संरक्षणबाट विश्व समुदायमा मुलुक सम्पन्न राष्टको रुपमा चिनिने धारणा राख्नु भयो ।

प्रतिक्रिया