भेट्न आउँछु तिमिलाई घर………….

इनेप्लिज २०७९ माघ ८ गते १०:४२ मा प्रकाशित

भेट्न आउँछु तिमिलाई घर मै बसिराख है
दिलबाट सोचेर साँचो कुरा भन है
भेट्न आउँछु तिमिलाई बाटोमा पर्खिराख है
दिलबाट सोचेर साँचो कुरा भन है

भेट्न आउँछु म मन खुसी बनाऊ तिमिले
मैले केही कुरा सोध्छु उत्तर दिनु है तिमिले
के भन्नु थियो छेउमा आएर भनिदेऊ
के सोचेको थियौ निर्धक्क भनिदेऊ

भेट्न आउँछु तिमिलाई बाटोमा पर्खिराख है
दिलबाट सोचेर साँचो कुरा भन है
आँखा खोली हेर तिम्रो सामु पुगेको छु
के थिए रहर तिम्रा मैले पुरा गर्न खोज्ने छु

दिल भित्रबाट मलाई माया गर्नु है
भेट्न आउँछु तिमिलाई बाटोमा पर्खिराख है

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया