किरण गजमेरको स्वर र बिकाश घले गुरुङको शब्दमा केही सम्झना नामक गीत सार्वजनिक

इनेप्लिज २०७९ माघ ८ गते १:०४ मा प्रकाशित

रियालिटि सो का बिजेताहरु छिट फुट स्टेज कार्यक्रम पस्चात हराऊने गरेका ऊदाहरणहरु थुप्रै छन । तर मेरो भ्वाईसकप अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर लाई स्टेज कार्यक्रम भ्याई नभ्याई छ । ऊनि कहिले नेपाल त कहिले युरोप र अमेरिकात झन ऊनकै घर आगनका कार्यक्रममा पुगेको हुन्छन् । यति ब्यस्तताका बावजुद पनि आफ्ना दर्शक स्रोताको लागि ऊनले आफ्नै गित बजारमा ल्याई रहेका छन्।

यसै क्रममै ऊनले ऊपन्याष लेखनमा समेत कलम चलाएका चर्चित संगतिकार सन्तोष श्रेष्ठको संगीतमा “केहि सम्झना” बोलको गीत रेड ओशियन नामक युटुबबाट बजारमा ल्याएका छन ।

बिबिध कारणले जीवनको अनेकौ उतार चढाव मा परिवार तथा साथि बिच मिलन बिछोड भई रहेता पनि सकारात्मक सोच र माया भई रहे पुन भेट हुन्छ भन्ने कथा गीत तथा भिडियोमा बुनिएको छ जो स्वयम किरणको जीवन गाथा पनि हो ।

सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । यसको छायाड०कन बिशाल ढुड०गानाले गरेका छन् भने यस गित लाई बहुप्रतिभाशाली ब्यक्तित्वका धनि, चर्चित नृत्य (भिडियो) तथा आदिबासि चलचित्र लेखक, निर्देशक बिकाश घले गुरुड०ले लेखन, निर्देशन ताथा सम्पादन गरेका छन् ।

बिकाश तेक्वान्डोका अन्तराष्ट्रिय खेलाडी ,प्रशिक्षक तथा रेफ्रि पनि हुन । रामकृष्ण ढकालको “म हराय” र “कालि” गित बाट चर्चामा आयका दिपेश ढकालले यसै गितबाट डेब्यु गरेकि रेजिना सुब्बालाई साथ दिएका छन् । रेजिना मेरो डान्सकप सिजन ४ कि टप १० प्रतिस्पर्धि पनि हुन् ।

प्रतिक्रिया