तराई विद्यार्थी सेवा समाजको सरस्वती पूजामा चर्चित कलाकार संदीप क्षेत्रीले सहभागीता जनाउने:

इनेप्लिज २०७९ माघ ५ गते २२:२१ मा प्रकाशित

तराई विद्यार्थी सेवा समाज पोखरा बिश्वविद्यालयले आउँदो माघ १२ गते सरस्वती पूजाको अवसरमा चर्चित कलाकार संदीप क्षेत्रीको बिशेष उपस्थितिमा पोखरा विश्वविद्यालयलमा एउटा साँस्कृतिक मेलाको अयोजना गर्ने भएको छ।

सांस्कृतिक मेलाका अन्य पूर्वकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि नै आरम्भ भईसकेको छ भने माघ १२ गते सरस्वती पूजाको दिन समापन गर्न लागिएको हो।

पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजक समितिले गरेको छ।

कलाकार सन्दीप क्षत्रीले उक्त कार्यक्रममा सहभागी हुन भिडियो मार्फत सबैलाई आव्हान पनि गरेका छन्।

समाचार मदन बस्नेतबाट

प्रतिक्रिया