प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

इनेप्लिज २०७९ माघ ५ गते ११:३७ मा प्रकाशित

प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षताका साथ सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । कांग्रेसको तर्फबाट इश्वरीदेवी न्यौपानेले उम्मेदवार दिएकी थिइन् ।

त्यसै गरि हुन्न भन्ने पक्षमा १०० मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

उक्त मतदानमा कुल २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए ।

उनले ‘प्रजातान्त्रिक र सुन्दर अभ्यास भएको छ ,निष्पक्षताका साथ सभा सञ्चालन गर्छु’, सभामुख घिमिरेले भने ।

श्रोत कृतज्ञता : रातोपाटी

श्रोत कृतज्ञता : रातोपाटी

प्रतिक्रिया