एसईई आइडलका ३ अडिसन सकियो

वीरेन्द्र रावल २०७९ माघ ४ गते २३:०९ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी,माघ ४÷सुदूर पश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडल

अन्तरगत बुधबार धनगढीमा ३ वटा अडिसन सम्पन्न भएका छन् ।

प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिले आयोजना गरेको आईडलको दोस्रो, तेस्रो र चौथो अडिसन क्रमशः चैतन्य पाठशाला, धनगढी मावि र ग्ली एकेडेमीमा सम्पन्न भएको कुरा कार्यक्रमका संयोजक गुणाकर पनेरुले जानकारी दिनु भएको छ ।

यस अघि धनगढीकै हिलवर्ड ई. बो. स्कूलमा पहिलो अडिसन सम्पन्न भईसकेको जनाइएको छ ।

सुदूरपश्चिममा उजागर हुन नसकेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरु २०८० को जेष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना आयोजकले जनाएको छ । अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ बताइएको छ ।

नृत्य तर्फको विजेता र उप–विजेताले नगद पुरुस्कार क्रमशः रु. ५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप–विजेताले नगद पुरुस्कार क्रमशः रु २ण् हजार र रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पानेछन् ।

साथै दुवै विधाका विजेता र उप–विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया