एसएनएस क्यानाडाले आयोजना गरेको “सृजनशील सांगीतिक साँझ” भब्यताकासाथ सम्पन्न !

मदन बस्नेत, क्यानाडा २०७९ माघ २ गते २२:३१ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। जनगायक जीवन शर्मा र उदयीमान गायिका रचना रिमालको सांगीतिक प्रस्तुतिकाबीच सृजनशील नेपाली समाज क्यानाडाले आयोजना गरेको “सृजनशील सांगीतिक साँझ” भब्यताकासाथ सम्पन्न भएको छ।

जनवरी १५ आईतवार माघे संक्रान्तीका दिन टोरोन्टोमा आयोजित उक्त सांगीतिक कार्यक्रममा बरिष्ठ साहित्यकार काली प्रसाद रिजाललाई अभिनन्दन पत्र र जनताका गायक जीवन शर्मा र उदयीमान गायिका रचना रिमाललाई सम्मान पत्र हस्तान्तण गरिएको थियो।

संस्थाका अध्यक्ष देबेन्द्र कार्कीको सभापतित्वमा संचालित कार्यक्रममा संस्थाको तर्फबाट प्रमुख अतिथि कालजयी गीतका सर्जक बरिष्ठ साहित्यकार काली प्रसाद रिजाल, अतिथीद्वय जीवन शर्मा र रचना रिमाललाई संस्थाका तर्फबाट म. स. नबराज ढुङ्गाना र बोर्ड सदस्य नितु कर्णले खादा लगाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा नवप्रतिभा सिरिन गुरागाईले गायन र अपेक्षा पाण्डे र निपुर्णा सापकोटा लगायत अन्य कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउन सघाउने सबै ब्यक्तित्व र संघसंस्थाहरुप्रती सृजनशील नेपाली समाजका संरक्षक, संस्थापक अध्यक्ष तथा सांगीतिक कार्यक्रमका संयोजक शिशिर पाण्डेले हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको थियो।

गायकद्वय जीवन शर्मा र रचना रिमालको प्रस्तुतिमा कार्यक्रममा सहभागी सबैले छ्मछ्मी नाच्दा माहोल मनोरञ्जनात्मक बनेको थियो। कार्यक्रम स्थलमा प्रवेशकालागी खरिद गर्नुपर्ने सम्पूर्ण टिकट कार्यक्रमको निर्धारित तिथिमिती भन्दा दुई दिन अघि नै “सोल्ड आउट” भएको हुनाले कार्यक्रम स्थलमा नेपालीहरुको निकै ठूलो जमघट देखिन्थ्यो।

प्रतिक्रिया