गैर आवासीय नेपाली संघको प्रेस विज्ञप्ती-हार्दिक समवेदना

इनेप्लिज २०७९ माघ २ गते ०:५४ मा प्रकाशित

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको छ ।

यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन र दुर्घटनाको तत्तकाल छानविन गर्नको लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं । साथै, आगामि दिनमा हवाई दुर्घटना हुन नदिन अनिवार्यरुपमा प्राविधिक अनुगमन गर्न र हवाई उड्डयन क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछौं ।

यस घटनाबाट निधन भएका व्यक्तिहरुको परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्मा प्रति चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

रविना थापा -कार्यकारी अध्यक्ष  

डा बद्री केसी -अध्यक्ष 

कुल आचार्य-  अध्यक्ष 

मितिः २०७९ माघ १ तदानुसार १५ जनवरी २०२३

प्रतिक्रिया