यति एयरको विमान दुर्घटनामा ६८ जनाको मृत्यु , खोज तथा उद्दारमा ७ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन

इनेप्लिज २०७९ माघ १ गते १३:२१ मा प्रकाशित

कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१ विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका सदस्यहरूमा क्याप्टेन कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । खोज तथा उद्दारमा ७ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

समाचार/तस्बिर कृतज्ञता : रातोपाटी

पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार यात्रु (सूचीसहित) :

प्रतिक्रिया