गेहेन्द्र धिमाल फाउन्डेसनद्वारा आयोजित वन्यजन्तु फोटोग्राफी र व्यक्तित्व विकासको मास्टरक्लास समापन

इनेप्लिज २०७९ माघ १ गते १०:१७ मा प्रकाशित

गेहेन्द्र धिमाल फाउण्डेशनले आयोजना गरेको क्रिएटर्स स्टुडियोको पहिलो मास्टरक्लास सत्र आज समापन भएको छ । यस मास्टरक्लासमा दुईवटा सत्रहरू थिए – वन्यजन्तु फोटोग्राफीमा के महत्त्वपूर्ण छ र व्यक्तित्व विकास निर्माण गर्दा के महत्त्वपूर्ण छ सम्बन्धित माइस्ट्रोहरूद्वारा संचालित।

ओम प्रकाश यादव – वन्यजन्तु फोटोग्राफीका माइस्ट्रो, प्रख्यात वन्यजन्तु फोटोग्राफरहरू मध्ये एकले वन्यजन्तु फोटोग्राफीमा के महत्त्वपूर्ण छ, सम्बन्धी सत्र लिनुभयो। यादवले फोटोग्राफी, के गर्न र नगर्ने बारे ज्ञान प्रदान गर्दै फोटोग्राफीको कठोर विधाहरू मध्ये एकको लागि आफूलाई कसरी विकास गर्ने भन्ने बारे सुझाव दिँदै आफ्नो दुई दशकको अनुभव साझा गर्नुभयो।

विवेक उपाध्याय – व्यक्तित्व विकासको मास्टर, लन्डन स्थित वेस्टमिन्स्टर कलेज प्रमाणित व्यक्तित्व विकास प्रशिक्षक हुन । यस विषयमा एक दशक भन्दा बदी समयको अनुभवबाट उपाध्यायले व्यक्तिगत ग्रूमिब, कम्युनिकेशन, शारीरिक भाषा र प्रस्तुति र सहभागीहरूलाई उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनको विकासमा सहयोगी हुने अन्य विषयमा संक्षिप्त सत्रमा जानकारी दिनुभयो।

दुवै सत्रमा सहभागीहरूको प्रतिक्रिया सकारात्मक थियो। न्म् फाउन्डेसन सकारात्मक छ कि यस्तो कार्यक्रमले युवाहरूलाई कसरी आफ्नो करियर निर्माण गर्ने र आफूलाई विकास गर्ने भनेर प्रेरित, सशक्त र प्रशिक्षण दिनेछ। र, निकट भविष्यमा न्म् फाउन्डेसनले कला, प्रदर्शन कला, चलचित्र निर्माण, मोडलिब, व्यक्तित्व विकास र अन्य बिभिन्न बिषयमा यस्तै मास्टरक्लास ल्याउने छ।

प्रतिक्रिया