प्रदेश नं १ को उपसभामुखको आज निर्वाचन

इनेप्लिज २०७९ पुष ३० गते ४:४० मा प्रकाशित

विराटनगर,३० पुस । प्रदेश नं १ प्रदेश सभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ।

प्रदेश सभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फवाट लिलाकुमारी राई र नेकपा एमालेकी सृजना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनु भयो ।

प्रदेश सभाको आज विहान ११ बजे वस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ ।

प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसको २९,नेकपा माओवादी केन्द्रको १३,राप्रपाको छ, नेकपा एकीकृत समाजवादीको चार र जसपाको एक सदस्य गरी ९३ सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया