भारतीय र्यापर आज दरबार मार्गको प्लाटिनम क्लबमा

इनेप्लिज २०७९ पुष २९ गते ११:४१ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चिच र्यापर रोहित कुमार चौधरी (आरसिआर) काठमाडौंको प्लाटिनम क्लबमा गुञ्जने भएका छन् । शुक्रवार राति ८ बजेबाट दरबारमार्गको क्लब प्लाटिनममा उनी गुञ्जने छन् ।

मिठास ईन्टरटेन्मेन्टले उनलाई काठमाडौं ल्याएको हो । चौधरी काठमाडौं अवतरण भईसकेका छन् ।

पछिल्लो समय क्लब पार्टीहरुलाई व्यवस्थित र आकर्षक बनाउन विदेशी कलाकारहरुलाई नेपाल ल्याउने परम्परा तिब्र रुपमा बढेको छ । त्यसैको शिलशिलामा आरसिआर काठमाडौं आईपुगेका हुन् ।

क्लबमा उनीसँगै एरिअल ब्याण्डले पनि प्रस्तुती दिनेछन् । १५ सय प्रबेश शुल्क तोकिएको कार्यक्रममा तीन हजार दर्शकको लक्ष्य राखिएको आयोजक पक्षले बताएका छन् । हिपहप सिजन नाम दिईएको कार्यक्रमको टिकट ईसेवाबाट लिन सकिनेछ ।

प्रतिक्रिया