सालझण्डीः ब्राउनसुगर मुद्दामा कैद फैसला भई आठ वर्षसम्म फरार रहेका २ जना व्यक्ति पक्राउ

इनेप्लिज २०७९ पुष २८ गते ११:२७ मा प्रकाशित

ईलाका प्रहरी कार्यालय सालझण्डी

मिति २०७९/०९/२८ गते

लागु औषध ब्रउन सुगर मुद्दामा ०७१ सालमा कैद फैसला भई ०७९ सालको पौषसम्म फैसलाको मितिले आठ वर्ष देखि फरार रहेका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

२०७१ साउन ३० गते रुपन्देही जिल्लाको सिद्धार्थनगर १ बेलहिया स्थित भारतबाट नेपालतर्फ आउने सडकमा रेनकोट लगाएर नेपालतर्फ भित्रिरहेका २ जना मानिसहरुमाथि शंका लागी प्रहरीले चेकजाँच गर्दा ३ पुरिया ब्राउन सुगर सहित फेला परेका २५ वर्षिया विष्णु भन्ने विष्णुदेव थारु र २८ वर्षिया दिनेश थारुलाई प्रहरीले अनुसन्धान गर्दा भारतको सुनौलीको समिर मेडिकलबाट रु.२४००/- रुपैयाँमा ३ पुरिया ब्राउन सुगर किनि नेपालतर्फ ल्याउँदै गरेको खुलेपश्चात तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध मुद्दा दर्ता गरी मुद्दा चलाएको थियो ।

त्यसरी पक्राउ गरी लागुऔषध मुद्दा चलाईएकोमा जिल्ला अदालत रुपन्देहीको थुनछेक बहसको आदेशले रु.३०,०००/- धरौटिमा रिहा भएको र पछी फैसलाले कैद ठहर भई फैसलाको ८ वर्ष सम्म लुकिछिपी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी टोली खटिई दुवैजनालाई खोजतलास गर्दा रुपन्देही जिल्ला साविक गजेडी गाविस वडा नं ४ हालको कञ्चन गाँउपालिका वडा नं २ वस्ने वर्ष ३४ को विष्णु भन्ने विष्णुदेव थारु र वर्ष ३७ को दिनेश थारुलाई आ-आफ्नै घर ठेगानामा फेला पारी पक्राउ गरी मिति २०७९/०९/२८ गते फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत रुपन्देहीमा पेश गरीएकोमा अदालतको आदेशले सोहि दिन नै कारागार चलान भएका छन् ।

  प्रवक्ता

प्र.ना.उ श्यामु अर्याल

जिल्ला प्रहरी कार्यालय रुपन्देही

प्रतिक्रिया