अनेरास्ववियु पोखरा महानगर कमिटिद्वारा आयोजित ‘हुनेले दिऔ, नहुनेले लिऔ’ कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ पुष २८ गते ११:२१ मा प्रकाशित

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) पोखरा महानगर कमिटिद्वारा आयोजित ‘हुनेले दिऔ, नहुनेले लिऔ’ नाराका साथ कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । पोखराको पृथ्वीचोकमा न्यानो कपडा वितरण गरिएको हो ।

अनेरास्ववियु गण्डकी प्रदेशका संयोजक प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शङकर शैजु, आर.के पोख्रेल केन्द्रिय सदस्य महेन्द्र पौडेल, प्रदेश कमिटी सदस्य स्वीकार पोख्रेल लगाएत पृथ्वीनारायण क्याम्पस अध्यक्ष, कास्की जिल्ला सहसयोजक लगाएतको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले अनेरास्ववियु बिद्यार्थीहरुको समस्यामा मात्र नभइ यस्ता जन जिबिका सङ्ग जोडिने सवालहरुमा पनि हातेमालो गर्नुपर्ने बताए । पौडेलले बिपत्तिमा सहारा , बिभेदमा बिद्रोहलाई अनेरास्ववियुले कार्यक्रमकै रुपमा लानुपर्ने धारण राखे ।डिएन लामिछाने को अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन महानगर कमिटी सचिव सबनम सुवेदीले गरेका थिए ।

प्रतिक्रिया