सरोज खनालद्वारा निर्देशित बगान चलचित्र भर्जिनियामा प्रदर्शन ,करिस्मा मानन्धरको बेजोड प्रस्तुति र दर्शकहरुका आँखा रसाए

इनेप्लिज २०७९ पुष २६ गते १:११ मा प्रकाशित

नेपालबाट अमेरिकाको भ्रमणमा आएका कलाकार सरोज खनालले निर्देशित गरेको पहिलो चलचित्र बगान भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर सो) भएको छ । चलचित्र हेरे पछि बाहिर निस्कनेहरु मध्ये बिशेषगरि महिलाहरुका आँखा रसाएका देखिन्थ्यो भने चलचित्र हेर्ने सबै दर्शकहरुले उत्कृष्ट चलचित्र लागेको बताए ।

दर्शकहरुले थुप्रै पृष्ठपोषण (फिड ब्याक)स्वयम् निर्दशक सरोज खनालले दिएका छन् । अधिकाँश महिला तथा पुरुषले चलचित्रको अन्तिम समयको दृश्य र संबादले भाबुक बनाएको र आँखा भरि आँशु आएको दर्शकहरुले खुलेर ईनेप्लिजलाई प्रतिक्रिया दिए ।

चलचित्रको कथा वस्तु निकै उत्तम र कलाकारहरुको अभिनय उत्तिकै बेजोड भएको दर्शकहरुले बताए । धेरै दर्शकहरुले कलाकार करिस्मा मानन्धरको दमदार अभिनय भनि मुक्त कण्ठले प्रसंशा गरे । साथै केही दर्शकहरुले चलचित्र छोटो भएकोले अर्को भाग आएमा समय लम्ब्याउनु पर्ने समेत सुझाव दिएका छन् ।

केही महिला तथा पुरुष दर्शकहरुले चलचित्रको सुरुमा वृतचित्र झैँ लागेको बताए। समग्रमा सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगानमा राम्रो निर्देशन दिएको भन्दै सरोज खनाल उत्कृष्ट कलाकार हुनुको साथै र राम्रो निर्देशक समेत भएको बताए ।

चलचित्रका निर्माता गीतकार सुरेश वाग्ले हुन भने उनि पनि अमेरिकाको म्यासाचुसेट्स राज्य बोस्टनभाट भर्जिनिया आएका थिए । सरोज खनाल र निर्माता सुरेश वाग्ले पनि दर्शकसंगै बसेर चलचित्र हेरेका थिए ।

यो अल्पायु मै बिधुवा भएकी आमाको आफ्ना सन्तान प्रतिको दायित्व र त्यसमा आमा प्रती सन्तानको कर्तव्यका साथै मानव जीवनमा शिक्षाको महत्वबारे समसामयिक कथामा तयार गरिएको चलचित्र हो ।

कलाकारहरुमा निर शाह ,बसुन्धरा भुसला,मिथिला शर्मा ,करिस्मा मानन्धर ,सरोज खनाल ,आकाश श्रेष्ठ ,प्रमिला कार्की लगायत रहेका छन । नायिका प्रमिला कार्कीको पनि निकै राम्रो अभिनय लागेको दर्शकले बताए ।

चलचित्र प्रदर्शन गत जनवरी ८ आइतबारका दिन भर्जिनिया राज्यको फेयरफ्यास स्थित सिनेमा आर्ट थेटर नामक चलचित्र मन्दिरमा प्रदर्शन गरिएको थियो ।

सरोज खनालले चलचित्र सुरु हुनु अगाडी आफ्नो पहिलो प्रयास भएको र सल्लाह सुझाव दिन समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया