गीतकार सुरज अधिकारीले क्यानडाबाट रिलिज गरेको ‘एक झल्को’मा एलिना

इनेप्लिज २०७९ पुष २३ गते ११:२३ मा प्रकाशित

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत रहेको छ । भिडियोले गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भाव ब्यक्त गर्छिन् ।

सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको भिडियोमा गायिका एलिना चौहान नै फिचर छिन् । गाढा आकाशे रंगको पोशाकमा सजिएकी एलिना मज्जैले खुलेकी छिन् । जसमा उनले आफ्नो मायालु बिना एक पल पनि बाँच्न नसक्ने कुरालाई जोड दिएकी छिन् । खासमा यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेका हुन् । जोसँग उनले पछि विबाह गरे । जुन गीत सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका हुन् भने छायांकन जनक वलीले गरेका हुन् । भिडियो गीतकार सुरजकै अफिसियल च्यानल सुरज प्रभा (एसपी) प्रोडक्सनबाट बजारमा आएको हो । पेशाले सिभिल इञ्जिनियर हुन् गीतकार सुरज । परिवारसहित क्यानडामा रहेका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरिसकेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया