रकडेल | बालकृष्ण
थारू समुदायको महान् चाड माघी अष्ट्रेलिया को सिडनी मा तेस्रो पटक बिबिध कार्यक्रम सहित मनाइने भएको छ । थारु सोसाइटीको आयोजनामा माघी पर्ब हर्ष उल्लासका साथ मनाउने तयारी भईराखेको जानकारी सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरी ले दिएका छन्।
जनवरी १५ आईतबारको दिन (माघ १)गते मध्यान्हबाट (ट१२ बजे बाट) सुरु हुने सो कार्यक्रम विटलाम पार्कमा हुदैछ। जुन टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको छ । थारू रिति रिबाज अनुसारका नाच गान र खान पिन सहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटि अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरुलाई सार्वजनिक अनुरोध समेत गरेको छ।
थप जानकारीका लागि अरुण चौधरी लाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरी लाई 0411688798 सम्पर्क गर्न सकिने समेत जनाईएको छ ।
प्रतिक्रिया