‘सान्बाबु’ मा उमेशसँग रोमान्टिक बनिन् केकी अधिकारी

इनेप्लिज २०७९ पुष १६ गते १०:४८ मा प्रकाशित

काठमाडौँ । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको सान्बाबु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् । विकाश दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

प्रतिक्रिया