पिताजीको अनुत्तरित प्रस्नको उत्तर !

इनेप्लिज २०७९ पुष १५ गते ०:२० मा प्रकाशित

रमेश ढकाल । प्रसंग सबैलाई थाहा छ २ वर्ष अघि मेरा पिताजीको निधन भयो । उहां सङ्गको जीवनको अन्तिम २८ दिनको स्मृति अक्टोबर २१,२०२१ मा यही पोस्ट गरेको थिंए ! वहांले अन्तिम दिन राखेको प्रश्नले मलाइ कैयौं दिन निदाउन दिएन ।

प्रश्न थियो : बेटा , तिमीले अमेरिकामा ऋणमा ठूलो घर लिएका छौ रे ? अब म त जाने नै भएं , तिमीलाई केही भै गयो भने ( कोरोनाको बिगबिगि थियो ) पिताजी , मेरा नाति – नातिनाको के हुन्छ हालत ? केही सोचेका छौ ?

त्यो त मैले सोचेकै थिइन , म नि: शब्द भएं , बुवाका सबै प्रश्नका सजिलै हासी हासी उत्तर दिने म , यो प्रश्न पश्चात स्तब्ध भएं । बुवाको त्यसै दिन अन्तिम दिन भयो ।

त्यसैको २५ दिन पछि संसारकै बलियो मान्छे , पावर लिफ्टिङ्गका विश्व बिजेता देख्दै अजङ्गको , अजम्बरी झैं लाग्ने लगभग आफ्नै उमेरका भिनाजु रुप कार्कीको अपत्यारिलो निधन भयो । त्यस पछि बुवाको अन्तिम प्रश्नको स्पस्ट उत्तर नभेटिउन्जेल कहिल्यै राम्रो सुत्न सकिन , मणि हराएको सर्प जस्तो भएं म ।

त्यसै वीचमा जीवन बिज्ञान को आश्रममै गुरुदेव सङ्गै बसी चक्र साधना गरें केही सामान्य जस्तो भए पनि बुवाको प्रश्नको उत्तर भेटिएन ।

जति खेरै ; काल त मेरै वरिपरी छ नि , त्यस पछि ;

दिपा , केटा – केटि , घर ? ? ? ? ?

foreclose ??

Society – Go fund me ? ?

पिडाका दर्दनाक दृश्यहरु …….

सडक छाप …………..

यस्तै , यस्तै मनमा आँउने , सपना यस्तै देखिने राम्रो सुत्न नसकिने हुंदै , हुंदै ४ महिनाको नेपाल बसाइ पछि आमेरिका घर आएँ ! घर आइसके पछि , घर वरिपरी हेर्दा , केटा – केटी हेर्दा , भिनाजुको बियोग पस्चातको शोभा दिदी को परिस्थिति हेर्दा , भर्जिनियामै आफ्नै वरिपरी ४ ओटा त्यस्तै दुखद घटना भए सबैमा गो फन्ड मी गरियो ! यसै वीचमा मेरो सानो जन्म – गाँउ रन्जनिका आफ्नै उमेर समुह र आफू भन्दा साना उमेरका ६ जना साथि भाइले यो दर्दनाक पिडा सहनु पर्यो त्यस्ले झन झन बुवाको प्रश्न मेरो मनमा ताजा बनेर आइरह्यो , आइरह्यो ! आखिर काल र दशा त हाम्रै वरिपरी घुमिरहेकै छ ।

यसबाट आजसम्म संसारमा कोइ बच्न सकेको छैन तर यसबाट आउने पिडा बाट कसरी बच्ने ?

समय क्रम सङ्गै यिनै घटनाक्रमले मेरो मनमा एक संकल्प को गहिरो गरी वीज रोपियो ।

२-३ दिन मै दीपाले मेरो अनिद्रा , बेचैनि थाहा पाइ हालिन ।

त्यसपछि हजुरलाइ के भैराछ ? एक चोटि डक्टर कन्सल्ट गर्ने होकि भन्न थालिन त्यसपछि मैले सबै बेलि बिस्तार लगाएं ।

त्यसपछि सजिलै गरी उनले नो वोरिज यसको उपाय छ नि भनिन , मैले के ? कसो ? भने , उनले सहजै मुद्रामा वीमा गरे त भै हालो नि दिनको २/५ डलर जम्मा गरे त हामीलाई भबितब्य केही भैगो भने आर्थिक समस्या चैं कुनै पर्दैन। ( दिपाजी नेपालमै बिमा अभिकर्ता भएकोले कन्सेप्ट राम्रै रैछ ) म पनि बैंकिङ र बिमाको बिध्यार्थी हुं तर ब्यवाहारिक पाटो ख्याल नगरिएको रैछ । ठेस नलागी , आवस्यक नपरी भगवान पनि नसंझिने हाम्रो बानी !

त्यस पछि हाम्रो खोजी सुरु भयो बिमा कसरी गर्ने त , कहां पाइन्छ भन्ने तिर ? खोज्दै जाँदा यसै क्षेत्र मा सकृय केही नेपाली साथीहरु नै भेटियो । कुरा गर्दै जाँदा हामी बिमा पोलेसी किन्ने , हाम्रो आवस्यकता र आर्थिक स्थितिको कुरा गर्छौं साथीहरु पहिला चैं मेम्बर बन्ने , त्यसपछि मेम्बरशिप बढाउने , अथाहा पैसा कमाउने अनि के के ……………. कुरा गर्नुहुन्छ , के के । अझ अगाडि बढेर कुरा गर्दै जाँदा धेरै कुराहरु दुइ अर्थि र भ्रम पुर्ण , बिरोधाभाषी कुराहरू हुने । हाम्रो आवस्यकताको होइन वाहाँहरुको ब्यवसायको कुरा धेरै सुनियो । यसरि बजारमा हिंड्ने धेरै साथीहरू लाइसेन्स नलिएका ( अनधिकृत) , बिषय बस्तुको एक्दमै न्युन ज्ञान भएका भेटिएपछि एकदमै अन्योल भयो !

त्यस पछि दिपा ले लाइसेन्स लिने अठोट गरिन । लाइसेन्स पनि निकालिन र आफ्नो सहित स – परिवारको इन्सुरेन्स आँफै गरिन । अनि बल्ल ढुक्कले सास फेरियो , एक प्रकारको ढुक्क महसुस भयो ।

त्यस पछि मेरो मनमा फेरि अर्को प्रश्न जाग्यो , कि जुन मेरा बाको प्रस्न छ त्यो सबैका बाको प्रस्न हो , जुन बेचैनी मैले भोग्नु परो, शोभा दिदिले भोगिरहनु भएकोछ त्यो लगभग सबैले भोग्नु पर्नेछ ।

त्यस्तो संकट कसैले भोग्नु नपरोस , संकटको समयमा राहत रुपि गो फन्ड मी गर्नु नपरोस भन्दै …….

त्यसको उपचार र सारथी म बन्नै पर्छ भन्ने संकल्प जाग्यो । त्यस पछि यसैको अध्ययन – अनुसन्धान , यसको आवस्यकता विज्ञान , यसको उपलब्धता , यस्ले निर्माण गरेको समाज विज्ञान मा करिब २ वर्ष खर्च गरें ( यस अवधिमा म आवद्ध धेरै संघ सस्थामा सकृयताका साथ काम गर्न सकिन , जसका लागि क्षमा प्रार्थी छु )।

र यो निस्कर्षमा पुगें कि अब कोही पनि बिमा सेवाबाट बन्चित हुनु पर्ने छैन , तर यसलाइ पुष्टि गर्न यो संबेदनशीलता माथि मनन , यसलाई आत्मसाथ गर्ने तपाँइ सबै सित सम्वाद गर्ने मन छ । कुनै न कुनै माध्यम बाट छिट्टै भेट हुने छ है त ।

त्यो कसरि सम्भव छ भन्ने ?
अर्को भागमा

( मेरो यस अभियानलाई हाम्रो बनाउनु हुने, मेरो यस अभियानमा उर्जा थप्नु हुने ,सहयोग गर्नु हुने सबै प्रति हार्दिक आभार ) !

सबैको जय होस ,सबैको मङ्गल होस 🙏🙏
रमेश ढकाल ,हाल मनासस अमेरिका 7038326811

प्रतिक्रिया