एकदिनको कुरो हो कार्यालयबाट घर फर्कन लाग्दा आफू पहिला काम गरेको कार्यालय बाटोमा नै परेको र कार्यालय छुट्टी हुन आधा घण्टा बाँकी भएको हुंदा आफूसंग काम गरेका पुराना साथीहरु भेट्न पसे । केही साथीहरुसंग भेट भयो ।
साथीहरुसंग भेटेर घर फर्कन लाग्दा पाँच बज्न लागेकोले एउटा साथीले बसमै जाउ न त भनेपछि मेरो घर नजिकै कर्मचारी लग्ने बसमा पसे । बस गुड्न थालेपछि एकजना महिला कर्मचारीले दशैँ नजिकिदै गरेकोले बस चलाउने ड्राइभरलाई सहयोग स्वरुप दिन पैसा उठाउन थालिन् । लौ आज साथीले मलाई बसमा जाऊ न त भनेर यो बसभित्र चढे फसिने पो भए मैले मनमनै भन्ठाने । “सरले कति पैसा दिने नि ?” भनेर मसंग सोधिन् । “म त यो बसमा आज मात्रै तपाईहरुसंग भेट गर्न आएकोले एउटा साथीले बसमा नै जाउ न त भनेकोले चढ्न पुगे । धेरैजसो म सिंहदरबारभित्रैको बसमा चढेर घर जान्छु र त्यही बस चढेर अफिस आउछु” भने ।
बस चलाउने ड्राइभरले “आजको लागि सरलाई यो बस चढ्न छुट दिए मैले, भोलिदेखि सिंहदरबारको बस मात्रै चढ्नु नि भने । आज सपना पनि मैले नराम्रो देखेको थिए मेरो सपना त मिल्न गएछ नि मैले मनमनै भन्ठाने ।
– अरुण नदी खत्री
सामाखुसी साहित्य समाज
सामाखुसी मार्ग, ९३५÷५४
काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
प्रतिक्रिया