लघुकथा-धन्यवाद

अरुणबहादुर खत्री “नदी”

इनेप्लिज २०७९ पुष १२ गते ११:१६ मा प्रकाशित

नुनको खाँचो परेकोले पसलमा नुन किन्न जाँदै गर्दा बाटोमा कालो बिरालोले बाटो काट्यो । चारओटा किराना पसलमा पुगेर “नुन दुई के.जी. दिनु मलाई” भन्दा “नुन अहिले सकिएको छ” चारओटै पसलको साहु र साहुनीले भने । नुन नपाएपछि बिरालोले बाटो काटेको मैले देखेको थिए त्यसैले नपाएको होला भनेर घर फर्र्के ।

बेलुका खाना पकाउने बेलामा फेरि नुन कुनै पसलमा पाइन्छ कि भनेर घरबाट पसलतिर लाग्दा बाटोमा भरी बाल्टिन र जर्किन देखे । घरबाट अलिकति टाढाको पसलमा नुन पाइयो । नुन पाएपछि खुसी भएर चार के.जी. नुन किनेर घर लगे । पानी भरिएको बाल्टिन र जर्किन बोकेकी बहिनीलाई सम्झन पुगे । मनमनै धन्यवाद दिए ।


– अरुणबहादुर खत्री “नदी”

मोबाइल नम्बर ९८४१७९७६६४
इमेल [email protected]

प्रतिक्रिया