लुम्बिनिमा क्यानेडियन नेवाः गुठिको सहयोगमा निर्मित कोठाको साँचो हस्तान्तरण सम्पन्न

इनेप्लिज २०७९ पुष ८ गते ११:२६ मा प्रकाशित

शान्तिका अग्रदूत भगबान बुद्दको जन्मस्थल लुम्बिनिमा बिभिन्न दाता तथा संस्थाहरुको सहयोगमा नेपाली शैलीमा निर्मित नेपाल बज्रयान महाबिहारको भबन निर्माण कार्य हालै पूरा भएको छ । यसै सन्दर्भमा भबनका बिभिन्न कोठाहरु मध्य क्यानेडियन नेवाः गुठिको प्रायोजनमा निर्मित “अर्चिष्मति भूमि” नामाकरण गरिएको सो कोठाको साँचो गुठिका प्रतिनिधिले हालै लुम्बिनिमा आयोजित एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ।

लुम्बिनि बिस्वबिद्यालयका तत्कालिन उपकुलपति र बौद्द बिद्वानको हैसियतले सन २०१८ मे महिनामा टोरोन्टो बिस्वबिद्यालयमा प्रबचन कार्यक्रमको सिलसिलामा प्रा. डा. नरेश मान बज्राचार्य क्यानडा भ्रमणमा आउनु भएको थियो। सो सन्दर्भमा गुठि द्वारा आयोजित हरित तारा पुजा को अबसरमा भबन निर्माणको योजनाबारे श्रद्देय गुरुजुबाट जानकारी दिनु भए अनुसार गुठिले भबनको एउटा कोठाको प्रायोजन गर्ने उद्देश्यले आफ्ना सदश्यहरु संग सहयोग आह्वान गरेको थियो। सो अनुसार सहयोग बाट प्राप्त रकम नेपाली रकम ५००००१/= (पाँचलाख एक रुपैया ) गुठिका महासचिब बिमलमान श्रेष्ठले नेपालमा सन २०१८ मा सम्बन्धित पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो। कोठा निर्माण पस्चात गुठिका कुनै सदस्य महानुभाब गुठिको शिफारिस पत्र सहित लुम्बिनि भ्रमणमा गई रात बिताउन चाहेमा सो कोठा (उपलब्ध भएको अबस्थामा) निशुल्क रुपमा प्रदान गरिने बिहारका पदाधिकारीहरुले जानकारी दिनु भएको छ ।

लुम्बिनिमा बिभिन्न मित्रराष्ट्रहरुले आफ्नो मुलुकको परम्परा तथा शैलीमा बिहार निर्माण गरिदिएको थियो भने नेपाल परम्परागत बौद्ध धर्म संघको सक्रियतामा दाता तथा संघ संस्थाहरुको सहयोगमा आफ्नै नेपाली परम्परा तथा शैलीमा नेपाल बज्रयान महाबिहार निर्माण भएर संचालनमा आउनु सबैको लागि गर्बको कुरा हो।

प्रतिक्रिया