अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न फुटवल प्रतियोगिता

इनेप्लिज २०७९ मंसिर २८ गते १०:५० मा प्रकाशित

विराटनगर,२८ मङ्सीर ।

विद्यार्थीहरुलाई फुटबल खेलप्रति अभिरुची जगाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि ‘प्याब्सन विराट कप ’ फुटबल प्रतियोगिता विराटनगरमा सञ्चालन हुने भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(व्याब्सन) विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा‘फुटबलमा नयाँ आयामको लागि, प्याब्सनको सान र गौरबको लागि प्याब्सन विराट कप ’ नाराका साथ आगामी पुस १ गतेदेखि ८ गतेसम्म स्थानीय शहीद रङ्गशालामा प्रतियोगिता हुने जानकारी दिइयो ।विराटनगरमा आवद्ध प्याब्सनका सदस्यहरु रहेका विद्यालयका १७ वर्ष देखि मुनिका उमेर समूहका ३० टीमको प्रतियोगितामा सहभागिता हुने अध्यक्ष मोहन वुढाथोकीले जानकारी दिनु भयो ।

नकआउटको आधारमा खेलाईने प्रतियागितमा प्रथम हुने टीमलाई रु दुई लाख ५० हजार मूल्य बराबरको रनिङ्ग शिल्ड , उपबिजेता र विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद,ट्राफि तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम संयोजक नन्दलाल मण्डलले बताउनु भयो । प्रतियोगितामा सम्पन्न गर्न रु सात लाख ६१ हजार खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया