अल्मलिएको हर्ष

– अरुणबहादुर खत्री “नदी” २०७९ मंसिर २५ गते ११:११ मा प्रकाशित

लघुकथा

छिमेकमा डेरा गरी लुगा सिई बस्ने दमाइदाईको छोरा रमेशले फागुपूर्णिमाको दिन मदनलाई अबिर दलिदियो । यो थाहा पाएर मदनलाई रमेशदेखि निकै रीस उठ्यो । “तलाई लाज लाग्दैन ? दमाइको छोरा भएर मलाई अबिर दल्ने भन्दै उसलाई गालामा चड्कन पनि हानी हाल्यो ।

चड्कनले रमेशलाई निकै दुख्यो र आँसु झार्दै उसले भन्यो “फागुपूर्णिमाको दिनमा अबिर नदले कहिले दल्नु ?”

उ रुँदै घरमा गयो र आफ्नो आमालाई घटनाको वृत्तान्त सुनायो । उसलाई आफू दमाइ भएकोमा हिनताबोधले सताइरहेको थियो । यो थाहा पाई उसकी आमाले रिसाउँदै मदनकी आमासँग गएर भनिन् “तपाईको छोराले मेरो छोरा रमेशलाई हात हालेछ अबिर हालेको निहुँमा । मेरो छोराले स्नेहपूर्वक हर्षोल्लासको अवसरमा उसलाई अबिर हाल्यो होला । दमाइ जातिले सिलाएको लुगा तपाईहरुले लगाइरहँदा केही नहुने, वर्षको एकपटक आउने फागूमा सदभाव पूर्वक एकक्षण अबिर लगाउदा अनर्थ हुने ? यो कस्तो बिडम्बना हो ?”

सामाखुसी साहित्य समाज
काठमाडौं (नेपाल)

वास्तविक नामः– अरुणबहादुर खत्री
साहित्यिक नामः– अरुण नदी खत्री
जन्म मितिः– २०२३ साल वैशाख १४ गते बिहीबार
बाजेको नामः– स्व. सेनानी बलिन्द्रबहादुर खत्री
पिताको नामः– स्व. प्रमुख सेनानी मीनबहादुर खत्री
माताको नामः– स्व. मिठु खत्री
हालको ठेगानाः– सामाखुसी मार्ग, ९३५÷५४, वडा नं. २६, काठमाडौं (नेपाल)
टेलिफोन नंः– ४३५३५९४ मोबाइल नम्बरः– ९८४१७९७६६४
शैक्षिक योग्यताः– बि.वि.एस.
पेशाः– अवकाश प्राप्त निजामती सेवा

प्रतिक्रिया