मणिपाल भित्रको सुरुङबाटै खसीन ३ तला माथिबाट आमा यस्तो अचम्मको डरलाग्दो ठाउ अस्पताल भित्रै

इनेप्लिज २०७९ मंसिर २४ गते १७:२४ मा प्रकाशित

पोखरा महानगरपालिका–१८ सराङकोट पँधेलीकी धनसरी घर्ती शुक्रबार विहानै मणिपाल अस्पताल पुगिन् । छोरी पूर्णकुमारीको केही दिनेदेखि अस्पतालमा उपचार भइरहेको थियो । भलाम घर भएकी जेठी छोरी पूर्णकुमारीलाई मुटुको समस्या छ । रोगले च्यापेपछि अस्पतालको आइसियू कक्षामा उपचार गराइरहेकी छोरीलाई भेट्न आएकी धनसरीले छोरीलाई भेटिन ।

थप उपाचारका लागि शुक्रबारै पूर्णकुमारीलाई काठमाडौं लगिदै थियो । घरमा एक्ली धनसरी काठमाडौं जान पाइएला नपाइएला भनेर दौडेर मणिपाल पुगिन् । मणिपालको तेस्रो तलामा उपचाररत पुर्णकुमारीलाई विहान ११ बजेतिर काठमाडौं लैजान तल झारियो । आफन्त सबै पूर्णकुमारीलाई लिएर झरे ।

छोरीलाई तल झार्नु अगाडिसम्म उनी आइसियू कक्षको बाहिर बेन्चमा बसिरहेकी थिइन् । बिरामीलाई काठमाडौं पु¥याउनुपर्ने भएकाले आफन्त सबै हतारोमा थिए । धनसरी बसिरहेको ठानेर सबै तल झरे ।

पूर्णकुमारीलाई काठमाडौं पठाएपछि आफन्तले धनसरीलाई तल देखेनन् । माथि उक्लिएर खोज्दासमेत कतैं भेटेनन् । केहीबेरको खोजतलासीपछि उनी मणिपाल अस्पतालमा पाइप फिट गर्नलाई खाली राखिएको ठाउँमा देखा परिन् । तेस्रो तलामा रहेकी उनी बोकिरहेको झोलासहित रगताम्य अवस्थामा पहिलो तलामा थिइन् । तीन तला माथीबाट खसेकी उनलाई मणिपालको आकस्मिक कक्षामा लगेर चिकित्सकले चेकजाँच गरे । बिरामी छोरीलाई भेट्न आएकी उनी तेस्रो तलाबाट खसेर आफन्तले देख्नु अगावै अन्तिम श्वास फेरिसकेकी थिइन् । उक्त कोठाको डोका लक नभएको कारण धनसरीले अकालमै ज्यान गुमाउनु पर्यो यसैसंग संबन्धीत रहेर आजको कार्यक्रम लिएर उपस्थीत भएका छौ कसरी भयो घटना के भन्छन आफन्त अबको भिडियोमा

प्रतिक्रिया