पोखरामा मणिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु-भिडियो सहित

इनेप्लिज २०७९ मंसिर २४ गते १०:५९ मा प्रकाशित

पोखरा । पोखरामा मणिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

रामी भएर अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न गएकी कास्की जिल्ला पोखरा -१८ सराङकोट बसोबास गर्ने ६५ वर्षीया धनसरी घर्तीको अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।

घर्तिकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा घर्ति तलाबाट खसेकी हुन् ।

उनी खस्नुको कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया