गायक उद्धव थापा मगरको “तिमीलाई जन्ती लिई आउला” बोलको गीत

इनेप्लिज २०७९ मंसिर २४ गते १०:४५ मा प्रकाशित

गायक उद्धव थापा मगरको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । “तिमीलाई जन्ती लिई आउला” बोलको गीतको भिडियोमा सामरिक ढकाल र कमल सिहंले अभिनय गरेका छन् । उद्धव थापा मगरको स्वर रहेको यस गीतमा सि.एल शर्माको शब्द, सुरेन चन्द ठकुरीको संगित रहेको छ ।

भिडियोलाई साजन कट्टेलले निर्देशन गरेका छन् भने राकेश ढकालको सम्पादन रहेको छ । भिडियोको छायांनकन भक्तपुर लगायत अन्य विभिन्न
सुन्दर ठाउमा गरिएको छ । गायक उद्धव थापा मगरको पहिलो गीत भए पनि पुरानो गायकको जस्तो स्वर रहेको छ । गीतको भिडियो निकै सुन्दर बनाइएको छ ।

प्रतिक्रिया