सुवासको संगीत,   प्रताप र मेलिनाको स्वरमा रहेको  ‘बन्धन’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७९ मंसिर २३ गते २२:४१ मा प्रकाशित

काठमाडौं । बडादिन ख्रीष्टमस नजिकिदै गर्दा सुसमचारमा आधिरित ख्रीष्टमस भजन गीतहरुको म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित ‘बन्धन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्म र उहा संसारमा किन जन्म लिनु भयो भन्ने कुरालाई सुन्दर तरिकाले भजन गीत मार्फत प्रस्तुत गरिएको छ। राजु सुन्दास र समिता सुन्दासको प्रस्तुति रहेको यस गीतमा गायक प्रताप दास र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्। गीतमा पुरुसोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘राजु सुन्दास अफिसिएल’ च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया