दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक

इनेप्लिज २०७९ मंसिर २० गते २२:३५ मा प्रकाशित

अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यु जर्सीको रमणीय दृश्यमा खिचिएको यो म्यूजिक भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्ट को यु ट्युब च्यानलमा रिलिज गरिएको छ । यो गितको रचनाकार राजेश कुमार श्रेष्ठ हुन् भने संगीत अलिश कार्किले दिएका छन् । अलिसले पछिल्लो समय प्रेम गित ३ का गीतमा संगीत भरेका छन् । यस्तै यस गीतलाइ सैलेन्द्र मान प्रधान ले एरेन्ज गरेका हुन् भने मिक्सिंग संगै रेकडिंग म्युजिक क्लाउडमा गरिएको छ ।

यस गितको भिडियोमा चलचित्र गोर्खा पल्टनकि नायिका तथा मोडल रन्जिता गुरुङ लामो समयको अन्तरालमा भिडियोमा देखिएकि छिन् र भिडियोमा उनलाइ कृश थापाले अभिनय गरेका छन् । सार्वजनिक यस गीतमा प्रोडक्सन मेनेजर सफल खडका हुन् भने भिडियो को छायांकन ड्रोनका साथै निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया