नागरिकता र अपराधको राजनीतिकरण

बीरकाजी बस्नेत २०७९ मंसिर १९ गते २३:१४ मा प्रकाशित

हालैको संघिय संसदको निर्वाचन बाट पुराना संस्थापन र ठुला भनिएका राजनितिक दलहरुलाई स्तब्ध पार्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टिको नेत्त्रित्व गरेका रबी लामिछानेको नागरिकताको हिजोको अबस्थालाई बिबाद र बहसको बिषय बनाइएको छ । उनी माथीकोको आरोप भनेको अमेरिकि पासपोर्ट लिएपछी नेपाली नागरिकता त्यागेको सुचना नदिएको र पुन अमेरिकि पासपोर्ट त्यागेपछी नेपाली नागरिकतानै निरन्तर गरेको अर्थात नबिकरण वा पुन प्राप्ती नगरेको आरोप छ । यस कुरामा कानुनी तर्क ,रकमी बहस र काइते ब्याख्या जे जस्तो गरिए पनि नेपालमै जन्मी हुर्की बढी र पढि जिबनको एक सानो कालखण्ड जिबन सहजिकरणको लागि बिदेसिएर पुन स्वदेश नै फर्की संचार माध्यम मार्फत पीडितको पिडामा मलम लगाउदै राजनीतिमा होमिएर केही सफलता प्राप्त गर्न साथ सबाल उठाइएको छ । यधपी उनले बिदेशी पासापोर्ट त्याग गरिसकेका हुन । उनी माथि यस्तो प्रस्न उठाउने हो भने जर्मन नागरिक सँग बिहे गरेकी सुजाता कोइरालाको नागरिकताको बिगतका प्रकृया र बर्तमान अबस्था कस्तो हो भनेर सबाल उठाउने नउठाउने त ? अमेरिकामा बैज्ञानीक बनेर काम गरेका र नेपाल फर्केर मधेश नेपालको भुमी होइन भन्ने अभियान चलाएर बर्तमानमा राजनितिको मुलधारमा आएको भनिएका सि के राउत नामधारी पात्रको नागरिकताको अबस्था बारे किन सबै मौन छन ? त्यस माथि दिल्लीको गाजियाबादमा चुनाव हारेर कुनै एक मधेशी पार्टी मार्फत नेपालको संबिधान सभाको सभासद सम्म हुन पुगेका केदार नन्दन चौधरी भन्ने ब्यक्तिको नागरिकताको बारेमा कुनै बुज्रुकले प्रश्न उठाएर कानुनी प्रकृया सुरु गर्‍यो त ? कुनै समय ल्याहकर लामा भन्ने ब्यक्ति राजनितिमा आउँदा नेपाली र तिब्बती दुबै तिरको नागरिकता धारी भन्ने बजार हल्ला चलेकोमा कुनै छानबिन गरियो त ? यस्ता कयौ अनुतरित सबालहरु छन । खोजी र छानबिन गरिनु पर्नेहरुका लागि मौन बस्ने भलाद्मी हरु अहिले रबी लामिछाने प्रकरण उछाल्न लागि परेका छन । यो नै हाम्रो मुलुकको बिडम्बना रही आएको छ ।

त्यसै गरी २०४७ साल पछी नेपाली राजनितिमा केही अपराधी पृष्टभुमी भएकाहरुका प्रबेश भयो । त्यती बेला मिर्जा दिल सादबेग भन्ने ब्यक्ती कहिले सद्भावना पार्टी बाट र कहिले राप्रपामा प्रबेस गरी चुनाव जितेर मन्त्री बन्ने गर्दथे । उनी कुख्यात अण्डर वर्ल्डका नाइके दाउद इब्राहिम सँग जोडीएका थिए भनी अनुमान गरिन्थ्यो । पछी उनलाई अन्डर वल्डका छोटा राजन समुहले काठमाडौंमा हत्या गरिदियो । त्यस्तै सर्लाहीका खोभारी राय भन्ने ब्यक्तीको पनि अपराधिक पृष्टभुमी थियो तर चुनाव जितेर आउने गर्दथे । पहिलो संबिधान सभा कालमा ज्यान मुद्धा लागेका बब्बन सिंह भन्ने ब्यक्ती वारेस मार्फत उम्मेद्बारी दिएर रौतहट बाट चुनाव जितेर आएका थिए । गौर हत्या कान्डका मुख्य योजनाकार मानिएका उपेन्द्र याधब भने यस् पटक अर्का बिखण्डन बादीसँग पराजित हुन पुगे । दोस्रो संबिधान सभाको चुनावमा इट्टाभटामा मान्छे पोलेर चुनाव जितेर आएका मोहम्मद अफ्ताब आलम अहिले डिल्ली बजार जेलमा छन । एम्बुलेन्समा उपचारका लागि लैजादै गरेको प्रहरिलाई बाटोमा थुतेर मार्ने ब्यक्ती मधेश प्रदेशमा प्रदेश सभासद भएका थिए । ओखलढुङगा बाट चुनाव जितेर आएका बालकृष्ण ढुङेल भन्ने ब्यक्तिलाई उज्ज्वन श्रेष्ठको परिवारमा तीन जनाको हत्या गर्न लगाएको आरोपमा सर्बोच्च अदालतले आजिबन काराबासको सजायको फैसला सुनाएको थियो । हाल उनको मृत्‍यु भयो । बिगतमा सभासद भएका सुर्यमान दोङ र सभामुख अग्नी सापकोटालाई पनि अर्जुन लामा हत्या प्रकरणमा संलग्न भएको आरोप छ । यस पटकको चुनावमा पनि केही त्यस्ता ब्यक्तिहरु निर्बाचित भएका छन । सर्बप्रथम त गुण्डा गिरी गर्ने कुरामा चर्चित रहेका दिपक मनाङे भन्ने ब्यक्ती निर्बिरोध प्रदेश सभामा चुनिन पुगे । काठमाडौं फनपार्कको ६० रोपनी जगाको हिसाब किताबमा ३१ करोडको भ्रस्टाचार मुद्धा अदालतमा बिचराधिन रहेका टेक बहादुर गुरुङ भन्ने ब्यक्ती मनाग बाट चुनाव जितेर सांसद भएका छन । हुम्लाबाट निर्बाचित भएका छिरिङ्ग गुन्डु लामालाई खोर्च नाथ गुम्बा बाट १२ सय बर्ष पुरानो मुर्ती चोरी गरेको आरोप लागेको छ । विश्वहिन्दू परिषदका काशिनाथ तिवारीको हत्यामा प्रहरिले अनुसन्धान गर्दा प्रधानमन्त्रिको तहबाट अनुसन्धान अघी नबढाउनु भनी रोकिएका र गौर कान्ड संग पनि जोडीएका प्रभु शाह पनि निर्बाचित भएका छन । बांकेमा निर्मला कुर्मी एकल महिलाको हत्यामा संलग्न र सम्पत्ति हडप्ने घटनामा आसंका गरिएका दशरथ कुर्मी पनि निर्बाचित भएका छन । ७२ सालको मधेस आन्दोलनताका प्रहरी सहायक निरिक्षक लाई खेदी खेदी कुटेर मार्ने घटनामा संलग्न भएको आरोपमा अदालतले थुनामा राख्नु भनी आदेश भएको ब्यक्ती लक्ष्मी महतो कोइरी वारेस मार्फत उमेदवारी दिएर निर्बाचित भएका छन । टिकापुर काण्डका आरोपी रेसम चौधरी चुनाव जितेर आएका थिए । हाल उनी जेल सजाय काटिरहेका भएपनि उन्मुक्ती पार्टी मार्फत बाउ र श्रीमती लगायतलाई चुनाव जिताउन सफल भएका छन । उनको बर्तमानमा रहेको सांसद संख्याको कारण ठुला नेताहरु प्रचन्ड र माधव नेपाल आलोपालो जेलमा भेट्घाट गरी प्रलोभन र मोलमोलाई गरिरहेको समाचार आएको छ । ७० करोड कान्डको टेप प्रकरण काण्डमा नाम जोडीएका गोकुल बास्कोटा पनि निर्बाचित भएका छन । यस्ता खाले जनप्रतिनिधी बनेर देश हाँक्न खोज्नेहरुले देशको भबिस्य कस्तो बनाउलान त ?

प्रतिक्रिया