चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विबाह

इनेप्लिज २०७९ मंसिर १५ गते १२:२१ मा प्रकाशित

काठमाडौं । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ जस्ता हिट लोकपप गीतका गायक सुनिल गिरीले लगनगाँठो कसेका छन् । गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेका हुन् ।

हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विबाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आँफुले विबाह गरेको फ्यानलाई जानकारी दिएका हुन् । गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरु स्वयमले अभिनय समेत गरेका छन् ।

विवाहको खबर आफ्नो म्यूजिक भिडियो बनाएर सार्वजनिक गर्ने गिरीको यो शैलीलाई धेरैले रुचाएका छन् । नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिगं बिबेक बिकले गरेका हुन् ।

प्रतिक्रिया