रबी लामिछानेले गरे ठुलो घोषणा गगन थापालाई प्रधानमन्त्री मान्छौँ तर देउवा र प्रचण्डलाई मान्दैनौँ (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर १५ गते १०:४९ मा प्रकाशित

आम निर्वाचनको मतपरिणाम अन्तिमतिर पुग्दै गर्दा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू नयाँ सरकारको कसरतमा जुटेका छन्।प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः पाँच दलीय सत्ता गठबन्धनको अभ्यासमा छन्।

गठबन्धनभित्र प्रधानमन्त्री पदका लागि ‘देउवा–प्रचण्ड’ सहित दर्जनौँ शीर्ष नेताहरू मुख्य दाबेदार हुन्। पछिल्लो पटक रामचन्द्र पौडेलदेखि गगन थापासम्म प्रधानमन्त्रीकै दौडमा छन्। नयाँ सरकारबारे चासो राख्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटारदेखि खुमलटारसम्म पुगिरहेका छन्। यतिबेला राजनीतिक माहाेल नयाँ सरकार गठनको विषयमा एकाएक तातेको छ। भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने ‘ग्रिन सिग्नल’ दिइसकेको छ।

चितवन–२ बाट निर्वाचित तथा पार्टी सभापति रवि लामिछानेको राजनैतिक चरित्रबारे राजनीतिक वृत्तमा थप चासो व्यक्त गरिएको छ। आम प्रश्न छ– उनी सत्तास्वार्थका लागि नयाँ सरकारको एउटा हिस्सा बन्लान् वा प्रतिपक्षमै बस्लान् ?

सभापति लामिछानेले आफ्नो ‘कोर टिम’ लाई आफू अनुकूलको व्यक्ति प्रधानमन्त्री पदका लागि खडा भए समर्थन गर्न सकिने संकेत गरिसकेका छन्। उनको दलबाट लामिछानेसहित सोबिता गौतम, शिशिर ढकाल, गणेश पराजुली, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ र हरि ढकाल विजयी भएका छन्।

त्यसो त लामिछाने नेतृत्वको दलले प्रतिनिधिसभामा समानुपातिकसहित २२ जना सांसद कटाउने दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ९ लाख २३ हजार ९६५ समानुपातिक मत ल्याएको छ। नयाँ सरकारमा जाने नजानेबारे पार्टीभित्र दुईधार देखिन थालेको बताइन्छ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी नयाँ सरकारमा जान तयार रहेको बताइसकेका छन्। सभापति लामिछानेले प्रधानमन्त्रीमा कांग्रेसका गगन थापाको चर्चालाई स्वाभाविक रुपमा लिएको आफूनिकट सदस्यसँग चर्चा गर्न थालेकोबारे सोही पार्टीका नेता तथा कार्यकर्ताबीच खासखुस भएको छ।

‘गगन थापालाई प्रधानमन्त्री मान्न तयार छौँ। तर शेरबहादुर देउवा र प्रचण्डलाई मान्दैनौँ,’ ढकालनिकट स्रोतले भन्यो। उनी गगन थापाको सचिवालयसँग आन्तरिक संवादमा जुटेको बताइन्छ। गगन–रविको ‘चुनावी कनेक्सन’ लाई लिएर कांग्रेसभित्रै चर्को आलोचना भइरहेको छ।

महामन्त्री थापाले रवि लामिछानेसँग मिलेर देउवानिकट उम्मेदवारहरुलाई हराउने काममा प्रमुख भूमिका खेलेको गम्भीर आरोप छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भएपछि गगन र रविबीच टेलिफोन संवाद भएको बताइन्छ। हालसम्म उनीहरूबीच औपचारिक भेटघाट नभएको गगननिकट नेताहरूको भनाइ छ।

‘गगन थापाले आगामी सरकारको नेतृत्व गर्छन् भने रवि दाइ सकारात्मक हुनसक्ने अनेकौँ कारण छन्। गगन थापा जत्तिको युवा नेता प्रधानमन्त्री बन्नु आफैंमा राम्रो सन्देश हो। तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी केन्द्रीय समिति बैठकले यसबारे थप प्रष्ट पार्नेछ,’ प्रवक्ता ढकालले भने।

प्रतिक्रिया