पर्दा पछाडीका हीरो

इनेप्लिज २०७९ मंसिर १३ गते २३:२८ मा प्रकाशित

त्यसो त पर्दामा देखिनेहरुमात्र मानिसको मानसपटलमा बस्ने गर्छन् । र, दर्शकको प्रीय हुन्छन् । हीरो, हीरोइन, स्टार, सुपरस्टार, महानायक, महानायिका जस्ता उपाधि पनि पाउछन् । अनि, देशका गहना भनिन्छन् ।पर्दामा देखिने स्टारहरुलाई स्टार बनाउने पर्दा पछाडीका हीरोहरु दर्शकमाझ खासै परिचीत हुँदैनन् । तर, उनिहरु पूरा लगावका साथ काम गर्छन् । न चर्चाको मोह, न दर्शकको प्रेमको । उनिहरुलाई सायद कामसँग मात्र मोह हुन्छ । उनिहरु आफुलाई भन्दा बढी सायद कामलाई माया गर्छन् ।

पर्दा पछाडीका हीरोहरुमा छायांकारहरु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कसरी सुन्दर ढंगले दृश्य कैद गर्ने, कसरी पर्दा अगाडीका स्टारलाई राम्रोसँग प्रस्तुत गर्ने भन्नेकुरा छायांकारकै हातमा हुन्छन् । यदि राम्रो छायांकार भएन भने सिनेमा, भिडियो, डकुमेन्ट्री, सिरिज सबथोक बिग्रीन्छ । छायांकारको फ्रेमिङले नै धेरै कथा पनि भन्छ ।

माथिको भुमिका छायांकार जितु तामाङको लागि बाधिएको हो । जितु म्युजिक भिडियोमा जमिसकेका छायांकार हुन् । उनी राम्रो छायांकारमध्येमा पर्छन् । त्यसैले त धेरै निर्देशक, निर्माताको प्रीय छन् जितु । जितुले दर्जनौ म्युजिक भिडियोको छायांकन गरेका छन् । उनले छायांकन गरेको दस भन्दा बढी भिडियोमा पाँच मिलियन बढी भ्युज आएका छन् । उनले नै खिचेको ‘लजालु मायालु’ बोलको गीतमा त दुई करोड बीस लाख बढी भ्युज आएको छ ।

जितुले लजालु मायालु सँगै मुटु उपहार, ४४० भोल्ट, मुया पिरिम, माया गर, सपनाहरु फेर्दै लगायतका म्युजिक भिडियोको छायांकन गरेका छन् । उनको छायांकन गर्ने कला दर्शकलाई कृयटिभ लाग्छन् । त्यसैले अब उनको अबको गन्तव्य सिनेमातिर हुनेछ । सिनेमा छायांकन गर्ने उनको सपना पनि हो । जितु सिनेमा छायांकारको रुपमा पनि सफल हुनेमा दुई मत छैन ।

प्रतिक्रिया