शारदा रसाइली र सन्तोष बि.सी को स्वरमा “चलाउछु भुइचालो” सार्बजनिक (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर १२ गते ११:०४ मा प्रकाशित

काठमाण्डौ मंगसिर १२ – नेपाली मौलिक लोक दोहोरीको स्वादमा पश्चिमी राग मिश्रण हुँदै गएको अवस्थामा भर्खरै मात्र लोकप्रिय गायिका शारदा रसाइलीले “चलाउछु भुइचालो” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी रसाइलीले केहि समय अगाडी मात्र खर्क की चेली भाग १ आउ नाचौं’ बोलको गीतलाई सार्बजनिक गरेकी थिइन् । यो मात्र नभई दैनिक जसो उनि गीत संगीत रेकर्डमा ब्यस्त रहेकी छिन् । शारदा रसाइली द्वारा स्वरबद्ध गीत अहिले बजारमा अशंख्य रहेको छ ।

नारायण दंगालको संगीत संयोजन रहेको उनको भर्खरै सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, शारदा रसाइली नारायण दंगाल, प्रेम दिप राम्जाली, जयन्त मगर र माया मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सन्तोष बि.सी ले भरेका हुन् भने शब्द गायिका स्वयम् शारदाको रहेको छ । आफ्नै गाउँ वस्तीमा हुने जात्रामात्रा र मेला पर्वमा गाइने साथै त्यस्तै रितिरिवाजलाई केन्द्रित गरेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि उस्तै बनाइएको छ ।

भिडियोमा सन्तोष बि सी, सारदा रसाइली, नारायण दंगाल, सपना गुरुङ्ग र सुमनको आकर्षक अभिनय देख्न सकिन्छ । शारदा रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई सुमन्त बानियाँले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान राज धामीले गरेका छन् ।

प्रतिक्रिया