अन्जु पन्त र टिका बोम्जनको स्वर तथा रवि मान सिंह बस्न्यातको शब्दमा “ठयाक्क ठयाक्क ठयाक्क” गीत सार्वजनिक

इनेप्लिज २०७९ मंसिर १० गते १३:४० मा प्रकाशित

अन्जु पन्त र टिका बोम्जनको स्वर तथा क्यानडाका गीतकार रवि मान सिंह बस्न्यातको शब्दमा “ठयाक्क ठयाक्क ठयाक्क” गीत सार्वजनिक भएको छ । गत नोभेम्बर २५ ,२०२२ का दिन सार्वजनिक गरिएको हो ।

उक्त गीतमा अन्जु पन्त तथा टीका बोम्जोनको रहेको छ भने क्यानडामा बस्दै आएका र निरन्तर देश प्रेम र राष्ट्रियता झल्काउने गीत लेख्दै आएका बस्न्यातले यस पटक नाच्ने शैलीको गीत प्रस्तुत गरेका छन् ।

गीत संयोजन साहस शाक्य तथा सम्मिश्रण प्रकाश मिश्राको रहेको छ । अङ्किय दृश्य(भिडियो)मा राहुल शाह तथा अलिशा राईले अभिनय गरेका छन् ।

गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया