रवीले चमत्कार गरे,चितवनले देखायो असली शक्ती, देशै भरी घण्टी बज्यो, भ्रष्टाचारीलाई नाङ्गे झार पार्छ्न (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर ९ गते १०:४८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन्।चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताए।

‘हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाइ तथा दिदीबहिनीको हो’, उनले भने। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रूपमा अगाडि बढाउने उनको भनाइ छ।

‘मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ’, उनले भने, ‘अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ।’

उनले अहिले नै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको बताए। ‘पार्टीको बैठकबाट यसबारे निर्णय गर्छाैं’, उनले भने, ‘एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेन्डा कार्यान्वयनमा ल्याउने छौँ।’

उनले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताए। ‘मैले कहीँ बाटो बिराएँ भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु’, उनले भने।

प्रतिक्रिया