बिश्व प्रसिद्ध बीटल्सको क्यासेट(श्रवण चक्का) टेक्ससको एक पुस्तकालयले ४४ बर्ष पछि प्राप्त

इनेप्लिज २०७९ मंसिर ८ गते १४:५६ मा प्रकाशित

बिश्व प्रसिद्ध बीटल्स संगीत मण्डल(म्युजिक ब्याण्ड)को क्यासेट(ध्वनिमुद्रिका) टेक्ससको एक पुस्तकालयले ४४ बर्ष पछि पाएको छ । कसैले तत्काल समयमा पुस्तकालयबाट लागेको तर नफर्काएको कारण अझै समय गुज्रेको(ओभरड्यु)अवस्थमा झन्डै ४४ बर्ष पछि फर्काइएको पुस्तकालयले जनाएको छ ।

कसैले उक्त श्रवण चक्का चार दशक पछि फर्काए पछि पुस्कालयले आश्चर्य प्रकट गर्दै उक्त चक्का झार्ने सन्दुक (ड्रप बक्स)मा छोडेको बताएको छ ।

टेक्सस राज्यको सुन्दर शहर सान एन्टोनियो सार्वजनिक पुस्तकालय (पब्लिक लाइब्रेरी)ले बीटल्सका सदस्य जोन लेनन र पल म्याकार्टनीसँगको अन्तर्वार्ताको अभिलेखन गरिएको श्रवण चक्का (रेकर्डिङको टेप) हालै पुस्तक फिर्ता गर्ने सन्दुकमा बिना नाम छोडिएको बताएको छ।

पुस्तकालयले हामी यसलाई कुनै शुल्क नलिई स्वीकार गर्नेछौं भनि सामाजिक संजाल मेटामा प्रकाशन गरेको युपिआईले समाचार लेखेको छ ।

प्रतिक्रिया