युक्रेनमा रुसी पछिल्लो हमलापछि युरोपेली संघले रुसविरुद्ध प्रतिबन्धको नवौं संपुष्टि तयार गर्दै

इनेप्लिज २०७९ मंसिर ८ गते १३:२५ मा प्रकाशित

युक्रेनमा रुसी पछिल्लो हमलापछि युरोपेली संघले रुसविरुद्ध प्रतिबन्धको नवौं संपुष्टि तयार गरि रहेको सिएनएनले जनाएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले बिहीबार युरोपेली संघले रुसविरुद्ध प्रतिबन्धको नवौं सम्पुष्टि (प्याकेज)को तयारी गरिरहेको बताइन ।

“हामी रूसलाई प्रहार गर्न कडा परिश्रम गरिरहेका छौं र हामी नवौं प्रतिबन्ध संपुष्टि (प्याकेज)मा पूर्ण गतिमा काम गरिरहेका छौं,” भोन डर लेनले फिनल्याण्डको एस्पोमा एक पत्रकार सम्मेलनमा भनिन ।

लेनले “हामीले छिट्टै जी७ र अन्य प्रमुख साझेदारहरूसँग रूसी तेलको विश्वव्यापी मूल्य उच्चतम सीमालाई अनुमोदन गर्नेछौं” भनिन ।

“युक्रेनले पुटिन र उनको गैरकानूनी र बर्बर युद्धमाथि विजय हासिल नगरेसम्म हामी आराम गर्ने छैनौं,” उनले कडा शब्द प्रयोग गर्दै आक्रोस पोखिन ।

समाचार श्रोत :सिएनएन र तस्बिर कृतज्ञता रोयटर्स

प्रतिक्रिया