युक्रेनमा बुधबार रुसी आक्रमणमा परी १० जनाको मृत्यु ,३,००० खानी कामदारहरूको उद्धार

इनेप्लिज २०७९ मंसिर ८ गते १३:०० मा प्रकाशित

युक्रेनमा बुधबार रुसी आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । गत बुधबार दिउँसो रुसी क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको युक्रेनका अभियोजक सेनापतिले राष्ट्रिय दूरदर्शनमा बताए।

हिजो आठ उर्जा केन्द्रहरूमा आक्रमण गरीयो । दुर्भाग्यवश त्यहाँ १० को मृत्यु र लगभग ५० जना नागरिकहरू घाइते भएको पुष्टि भएको जानकारी एन्ड्रिई कोस्टिनले दिए ।

यसैगरी रुसी आक्रमणपछि युक्रेनी खानी कामदारको उद्धार गरिएको छ । युक्रेनमा देशको ऊर्जा पूर्वाधारमा रुसी हमलाका कारण बिजुली अवरुद्ध भएपछि करिब ३,००० खानी कामदारहरूलाई रातभरि भूमिगत फसेपछि उद्धार गरिएको छ।

मध्य निप्रोपेट्रोभस्क क्षेत्रका खानीहरूमा उद्धार प्रयासहरू आज बिहान सबेरै समाप्त भएको क्रिभिई रिह शहरको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर विल्कुलले टेलिग्राम पोष्टमा भने।

क्षेत्रीय प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले भने, “उद्धार टोलीहरूले करिब ३,००० खानीहरूलाई सतहमा निकाल्न सफल भएका छन्।

रेज्निचेन्कोका अनुसार यस क्षेत्रका आधा घरपरिवारमा बिजुली पुनर्स्थापना भएको बताए ।

प्रतिक्रिया