ट्रम्पलाई दुई पटक अविश्वास प्रस्तावमा मत हाल्ने अलास्काकी रिपब्लिकनकी सिनेटर मुर्कोव्स्की पुनः निर्वाचित,ट्रम्पलाई झट्का

इनेप्लिज २०७९ मंसिर ८ गते १२:३१ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुई पटक अविश्वास प्रस्तावमा मत हाल्ने रिपब्लिकनकी अलास्काकी सिनेटर लिसा मुर्कोव्स्की पुनः निर्वाचित भएकी छिन । ट्रम्पले उनलाई हराउन कुनै कसर बाकि राखेका थिएनन तर जनताले ट्रम्पलाई पत्याएनन र उनको बिजयी संगै ट्रम्पलाई अर्को झट्का लागेको छ ।

यही अलास्कामै अमेरिकी प्रतिनिधि सभाको सदस्यको लागि ट्रम्पद्वारा समर्थित पूर्व उप राष्ट्रपतिकी उम्मेदवार समेत रहेकी चर्चित नेता तथा अलास्काकी पूर्व गभर्नर समेत रहेकी सेराह पेलिन अलास्काको बिशेष चुनावमा पराजित भएकी छिन । उनलाई डेमोक्र्याटकी म्यारी पेल्टोलाले हराएकी छिन ।

अलास्काको निर्वाचनको बिभागलले उनि बिजयी भएको बुधबार घोषणा गरेको छ । अलास्कामा फरक र अनौठो चुनाव प्रणाली भएकोले अलास्काले दुवै दौडका लागि क्रमबद्ध-छनौट मतदान प्रणाली प्रयोग गर्दा रिपब्लिकनकि ट्रम्पकी कट्टर आलोचक मुर्कोव्स्कीले बाजी मार्न सफल भएकी छिन ।

ट्रम्पको समर्थन प्राप्त गरेकी रिपब्लिकन केली शिबाकाको हार भएको छ । अलास्काको चुनावी दौडमा डेमोक्र्याटका प्याट चेस्ब्रो पनि उम्मेदवार रहेका थिए ।

निर्वाचन महाशाखाले बुधबार तेस्रो चरण पछि मुर्कोव्स्कीले १,३५,९७२ मत प्राप्त गर्दै विजयी भएको घोषणा गरेको थियो थियो। सिबाकाले अन्तिम तालिकामा ११७,२९९ मत प्राप्त गरेकी थिइन् ।

मुर्कोव्स्कीले गत बुधबार राती बिजयी पछि ट्वीट गर्दै आफू सम्मानित भएको भन्दै अलास्कावासीलाई धन्यबाद दिएकी छिन । सबैले बिश्वास गरेकोमा फेरि एक पटक जनता र अमेरिकी सिनेटमा जनताहरूको तर्फबाट काम गरिरहने प्रतिबद्धता जाहेर गरेकी छिन ।

प्रतिक्रिया