मेरिल्याण्डको एक बिशाल बजारको सवारी साधन अड्डामा ३ किशोर सहित ४ जनालाई गोली प्रहार

इनेप्लिज २०७९ मंसिर ८ गते ३:०९ मा प्रकाशित

मेरिल्याण्डको एक बिशाल बजारको सवारी साधन अड्डामा ३ किशोर सहित ४ जनालाई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेरिल्याण्ड राज्यको टेम्पल हिल्स शहरको एक बिशाल बजार( मल)को सवारी साधन राख्ने स्थल (पार्किङ) स्थलमा नोभेम्बर २३ ,बुधबार राति चार जनालाई गोली प्रहार गरिएको छ भने जसमा तीन किशोरहरू परेका छन् ।

साँझ ६ः२५ बजे गोली चलेको प्रहरीले जनाएको छ । संदिग्ध व्यक्तिले टेम्पल हिल्सको इभरसन गल्लीको २३०० भवन समुदाय ( ब्लक)मा रहेको समूहमा गोली हानेको प्रहरीहरुले बताए ।

प्रिन्स जर्जको काउन्टी प्रहरी विभागले सामाजिक संजाल मार्फत तीन किशोर र एक वयस्कलाई गोली हानिएको छ भने उनीहरू खतरामुक्त रहेको बताएका छन् ।

प्रहरीले शंकास्पद व्यक्तिको बारेमा कुनै जानकारी दिएको छैन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया