प्रदेशमा गनगाँई निर्वाचित

इनेप्लिज २०७९ मंसिर ७ गते १७:४१ मा प्रकाशित

विराटनगर, ७ मङ्सीर । भर्खरै सम्पत्र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ५ ‘क’ बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनु भएको छ ।

निर्वाचन अधिकृत गणेश नायक अनुसार निर्वाचित गनगाँई १४ हजार ८४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार ४०५ मत मत प्राप्त गर्नुभएको थियो ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार ९७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायकले भन्नु भयो ।

प्रतिक्रिया