पारिजिता शीर्ष १० स्थान भित्र पुग्न सफल

इनेप्लिज २०७९ मंसिर ७ गते १:२८ मा प्रकाशित

\शीर्ष १३ औ स्थान भित्र पुगेकी द भ्वाइसकी सशक्त प्रतियोगी पारिजिता बाँस्तोलाले गत सोमबार नोभेम्बर २१ का दिन दमदार प्रस्तुति गरे पछि उनि अगाडी बढ्दै शीर्ष १० स्थान भित्र पुग्न सफल भएकी छिन ।

उनलाई नोभेम्बर २२ मंगलबारका दिन १० मा पर्ने प्रतियोगीहरुको नाम घोषणा गर्ने क्रममा उनि यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी छिन ।

आज भएको घोषणामा ३ जना बाहिरिएका छन् । गत सोमबार पारिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन् ।

अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता बाँस्तोला १३ प्रतिस्प्रद्धीहरुमा उन्को प्रस्तुति उत्कृष्ट मध्ये कै एक भएको थियो । गत सोमबार सबै प्रस्तुतीहरु अद्धितिय रहेका थिए ।

एक पछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिदै आएकी परिजितालाई बिश्वभरि छरिएर रहेका नेपाली तथा बिदेशीहरुले मत दिएको कारण उनि १० औ स्थान भित्र पर्न गरेकी छिन ।

गत सोमबार भर्जिनियाको स्यानटिली शहरमा उनलाई हौसला दिन र मतदान त्यही गर्न नेपाली समुदायहरु भेला भएका थिए ।

उनले हिजोको प्रस्तुतिमा कालो फरिया(साडी)लगाएर प्रस्तुति गरेकी थिइन् भने अहिले सम्म सबै प्रस्तुतिमा उनले नेपाली वस्त्रहरु मात्र लगाएर प्रस्तुति गर्दै आएकी छिन ।

मतदान नोभेम्बर २२ तारिख बिहान ७ बजे अमेरिकी पूर्विय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । उनि द भ्वाईसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

परिजितालाई मत गर्ने तरीक़ाः

अमेरिका बाहिरबाटhttp://Nbc.com/voicevoteमा गएर आफ्नो बिधुतिय डाक (ईमेल) प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड(अधोभारण) गरेर एउटा उपकरण (डिभाईस)बाट १० पटक सम्म मतदान गर्न सकिन्छ।

प्रतिक्रिया