युक्रेनमा युद्ध सुरु भए देखि ६,५०० भन्दा बढी सर्वसाधारणको मृत्यु

इनेप्लिज २०७९ मंसिर ६ गते १२:२६ मा प्रकाशित

रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरे देखि कम्तिमा ६ हजार ५ सय ९५ युक्रेनी नागरिकको मृत्यु भएको र १० हजार १८९ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा कम्तीमा ४१५ बालबालिका, २,५७५ पुरुष, १,७६७ महिला र १,८३८ अन्य वयस्क रहेका छन् जसको लिंग पहिचान हुन बाँकी रहेको सोमबारको तथ्यांकले देखाएको छ।

डोनेस्क र लुहान्स्क क्षेत्रमा धेरै नागरिक हताहत भएका छन भने युद्धको केन्द्रमा रहेको पूर्वी क्षेत्र जुन हालैका महिनाहरूमा सबैभन्दा तीव्र लडाई भएका छन ।

ओएचसीएचआरको प्रतिवेदनले डोनेस्क र लुहान्स्कमा ३,९३९ नागरिकको मृत्यु भएको र ५,३३८ जना घाइते भएको र रुस नियन्त्रित क्षेत्रमा ४४९ जना घाइते भएको बताएको छ ।

आयोगले मेरीउपोल, इजियम, लिसिचान्स्क, पोपस्ना र सेभेरोडोनेत्स्क जस्ता शहरहरू लगायत द्वन्द्व तीव्र भएको क्षेत्रहरूमा जानकारीको अभाव वा ढिलाइ भएको कारणले वास्तविक तथ्याङ्क “धेरै बढी” भएको बताएको छ।

अभिलेख गरिएका अधिकांश हताहतहरू विस्फोटक हतियारहरूका कारण भएको जनाएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया