चितवन २ मा तेस्रोबाट उक्लिदै रवि लामिछानेले लिए अग्रता

इनेप्लिज २०७९ मंसिर ६ गते ११:०९ मा प्रकाशित

चितवन, ६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रविले ४ हजार ७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत प्राप्त गर्दै दोस्रो स्थानमा झरेका छन् ।

यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएका छन् ।

दैनिक नेपाल बाट

प्रतिक्रिया