बिश्व भकुण्डो प्रतियोगितामा अमेरिका र वेल्स बीच १-१ गोल

इनेप्लिज २०७९ मंसिर ५ गते २२:५७ मा प्रकाशित

कतारमा भै रहेको बिश्व भकुण्डो प्रतियोगितामा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा खेल समाप्त भएको छ ।

फिफा वर्षका पूर्व खेलाडी र वर्तमान लाइबेरियाका राष्ट्रपति जर्ज वेहका छोरा टिम वेहले ३६ औं मिनेटमा अमेरिलाईलाई अग्रता दिलाएका थिए ।

तर ८२ औं मिनेटमा बेलले पेनाल्टी हाने पछि सोमबार गरेथ वेल्सलाई १-१ को बराबरीमा ल्याउन सफल भएका छन् । युवा अमेरिकी टोली सुरु देखि राम्रो खेल प्रदर्शन गरेता पनि अग्रता लिन सकेनन ।

अमेरिकाले बराबरीमा चित्त बुझाउनु परेको छ । १९५८ पछि आफ्नो पहिलो विश्वकप खेलेको वेल्स मध्यान्तर अगाडी निकै संघर्ष गर्नु परेको थियो ।

प्रतिक्रिया