भर्जिनियाको दुर्गा मन्दिरमा नि:शुल्क स्वास्थ्य चौकी ( क्लिनिक )

इनेप्लिज २०७९ मंसिर ५ गते १०:२५ मा प्रकाशित

ईनेप्लीज
वाशिंगटन डिसी

भर्जिनिया राज्यको लोर्टन स्थित दुर्गा मन्दिरमा संचालन गरिएको नि:शुल्क स्वास्थ्य चौकी ( क्लिनिक ) मा नेपालीहरुले नि:शुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।

यही नोभेम्बर २० तारिख आईतबार संचालन गरिएको नि:शुल्क स्वास्थ्य चौकी ( क्लिनिक ) मा नेपालीहरुले ब्लड प्रेसर , कोलस्ट्रल , मधुमेह ( डाईबिटिज ) परिक्षण र डाक्टरहरुसंग नि:शुल्क स्वास्थ्य परिक्षण गराए ।

नेपाली समुदायलाई एकदमै राम्रो फाईदा पुगेको यो नि:शुल्क स्वास्थ्य चौकी ( क्लिनिक ) दुर्गा मन्दिरले मंजु संग्रौलाको सक्रियतामा आयोजना गरेको थियो । अमेरिकाका बिभिन्न राज्यहरुका अस्पतालहरुमा कार्यरत नेपाली नर्शहरुको संस्था ” सान ” की अध्यक्ष हुन् मंजु संग्रौला ।


प्रतिक्रिया