एनबीए बास्केटबलका प्रख्यात प्रशिक्षक रव म्याकक्लानाघनलाई बलात्कारको आरोपमा पक्राउ

इनेप्लिज २०७९ मंसिर ५ गते ०:०१ मा प्रकाशित

अमेरिकी एनबीए बास्केटबलका प्रख्यात प्रशिक्षक रव म्याकक्लानाघनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।

उनलाई गत शुक्रबार बलात्कार र लागू पदार्थ सेवनको आरोपमा पक्राउ गरिएको ब्लिचार रिपोर्ट डटकमले जनाएको छ ।

उनलाई बोस्टन प्रहरी यौन दुर्व्यवहार इकाई र सफोक काउन्टी जिल्ला अधिवक्ताको कार्यालयले पक्राउपूर्जी जारी गरेपछि उनलाई अमेरिकाको रोड आइल्याण्ड राज्यमा पक्राउ गरिएको सिराक्युज डटकमले उल्लेख गरेको छ ।

उनलाई सोमबार रोड आइल्याण्डको केन्ट काउन्टीको तेस्रो जिल्ला अदालतमा उपस्थित गराउँदा न्यायबाट फरारको रूपमा अभियोग लगाइने उक्त पत्रिकाले जनाएको छ ।

म्याकक्लानाघनले बोस्टनको एक अतिथिगृह(होटल)मा एक महिलालाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप छ ।

४३ वर्षीय सिराक्यूजको बास्केटबल टोलीका लागि पूर्व खेलाडी (वाक-अन) हुन् । उनले सहायक प्रशिक्षकको रूपमा काम गरे पछि व्यावसायिक प्रशिक्षणमा गएका हुन् ।

प्रतिक्रिया