समता ग्लोबल सिनेट सुशोभन एवं साँस्कृतिक साँझ हेर्न बिधुतिय माध्यमबाट टिकट खरिद गर्न सकिने ,छिटो स्थान रोक्न आग्रह

इनेप्लिज २०७९ मंसिर ४ गते ३:०७ मा प्रकाशित

आगामी नोभेम्बर २३ बुधबारका दिन हुने समता ग्लोबल सिनेट सुशोभन एवं साँस्कृतिक साँझ हेर्न बिधुतिय माध्यमबाट टिकट खरिद गर्न सकिने भएको छ । आयोजकका अनुसार धमाधम टिकट बिक्रि भै रहेको र आफ्नो स्थान सुरक्षित गर्न समेत आयोजकले ईनेप्लिजलाई बताए ।

दुई दर्जन भन्दा ज्यादा संघ/संस्थाहरुको पहलमा हुने “समता साँझ मेरिल्याण्ड” नामक कार्यक्रममा सबैलाई चुलो निम्तो दिइएको छ । नेपालका ७७ वटै जिल्लामा केवल १०० रुपैयामा अध्ययन गर्न सकिने र २२ बर्ष अगाडी स्थापना भएको उक्त बिद्यालयको सहयोगार्थ मह जोडी,राम कृष्ण ढकाल लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति हुनेछ ।

आयोजकका अनुसार टिकट दर केवल २० डलर राखिएको छ भने अग्रिम रुपमा बिधुतिय माध्यम(अनलाईन )बाट खरिद गर्न सकिने भएकोले समता बिद्यालयक लागि संकलन गरिएको सबै रकम केही सामान्य खर्च कटाएर समताका संस्थापक उत्तम संजेललाई हस्तान्तरण गरिने छ । कार्यक्रम साँझ ७ बजे सुरुहुने छ ।

समता ग्लोबल सिनेट सुशोभन एवं साँस्कृतिक साँझ कार्यक्रम मह जोडी,राम कृष्ण ढकाल सहित अमेरिकाको विभिन्न राज्यहरुमा नोभेम्बरको पहिलो हप्ता देखि यात्रा गरि रहेको छ । र आज नोभेम्बर १९ शनिबार लस एन्जेलस ,नोभेम्बर २० का दिन टेक्सस ड्यालस र नोभेम्बर २३ का दिन मेरिल्याण्डमा कार्यक्रम हुनेछ ।

टिकट खरिद गर्न यहाँ थिच्नु होस् :https://www.nepalemarket.com/products/samata-global-senate-cultural-show-maryland?fbclid=IwAR1uZsCOtMUkImZj_jHag4el6B-v9Pk5yy4ExBoeqz7JTsuSCSWSMnruLQA

कार्यक्रम November 23rd 2022, Wednesday @7:00 PM,
स्थान: 1909 Old Eastern Ave, Essex, MD 21221

प्रतिक्रिया